वैदेशिक रोजगारीमा १ अर्ब ६ करोड ठगी

labour-dpartmentकाठमाडौं, ६ असार । वैदेशिक रोजगारीमा जाने नाममा चालु आर्थिक वर्षको एघार महिनामा एक अर्ब ६ करोड ७२ लाख ६८ हजार तीन सय ९२ रुपियाँ ठगी भएको छ । नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने क्रममा विभिन्न म्यानपावर कम्पनी, मध्यस्तकर्ता (एजेन्ट) मार्फत यो रकम ठगी भएको हो ।

नेपाल वैदेशिक रोजगार विभागका अनुसार सो रकम बिगो दाबी गर्दै यस अवधिमा दुई हजार ७५ उजुरी परेका छन् । ती उजुरीमध्ये सबैभन्दा बढी व्यक्तिगत ठगीका छन् । व्यक्तिगत मुद्दा ११ सय ३२ वटा रहेका छन् । उक्त उजुरीमा उल्लेख्य रकमको मागदाबी एक अर्ब ६ करोड ७२ लाख ६८ हजार तीन सय ९२ रुपियाँ हुन आउने विभागले बताएको छ । अदालतमा परेका एक सय ६० मुद्दामा एक सय ४६ मुद्दा व्यक्तिगत ठगीका रहेका छन् । यो अवधिमा परेका उजुरीमध्ये व्यक्तिगत एक सय ४६ संस्थागत रहेको विभागले बताएको छ । अदालतमा एक सय ६० मुद्दा परेको छ जसको बिगोदाबी रकम ४० करोड ७३ लाख ४६ हजार एक सय ९९ रहेको छ । उक्त रकमको मुद्दामा १० करोड ९८ लाख २० हजार दुई सय ६९ बराबरको रकम आपसी समझदारीमा मिलाएको विभागका निर्देशक दिवस आचार्यले बताए । व्यक्तिगत तर्फको १२ वटा मुद्दा अदालतमा दर्ता भएका छन्, जसको बिगो दाबी चार करोड ७६ लाख ५५ हजार पाँच सय १९ रुपियाँ रहेको छ । यो व्यक्तिगत ठगीभन्दा कम रहेको विभागले बताएको छ । व्यक्तिगत ठगीका मुद्दा फरकफरक रहेका छन्, निर्देशक आचार्यले भने, ‘घरजग्गा, ढुकुटी र व्यक्तिगत लेनदेनलाई, विदेशमा तलब नदिएका कारण बताउने, आफन्तलाई ढाँटेर नेपाल फर्केका, बिरामी भएको बाहना बनाएर नेपाल फर्केका, म्यानपावर कम्पनीले आवश्यकभन्दा बढी पैसा उठाएको भन्दै, ठगीका मुद्दा पर्ने गरेका छन् ।’
गत आवको तुलनामा चालु आवको एघार महिनामा व्यक्तिगत रूपमा विदेश जानेको संख्या ८९ दशमलव ५८ प्रतिशतले घटेको विभागका महानिर्देशक विनोद केसीले बताए । चालु आवको एघार महिनामा चार लाख ४४ हजार चार सय ६७ जना नेपाली कामदार रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो आवमा ३५ लाख ९४ जना विदेशिएका थिए । अघिल्लो आवको तुलनामा यो आवमा २६ दशमलव ९६ प्रतिशतले बढेको छ ।
चालु आवमा वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिमा विदेशिनेको संख्या भने घटेको छ । सरकारले व्यक्तिगत श्रमस्वीकृतिमा रोजगारीमा जान कडाइ गरेपछि चालु आवको एघार महिनामा ८९ दशमलव ५८ प्रतिशतले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको एघार महिनामा व्यक्तिगत श्रमस्वीकृति लिएर रोजगारीमा जानेको संख्या १५ हजार दुई सय ९६ जना रहेको छ । अघिल्लो आवको यही अवधिमा एक लाख ४६ हजार आठ सय ४९ रहेको थियो । यो क्रम ८९ दशमलव ५८ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया