भक्तपुरमा दुई जनाको मृत्यू

Bhaktapur Districtभक्तपुर, ५ असार । भक्तपुरको मध्यपुर ठिमी नजिकै बाटोमा हिड्दै गरेका एकजनाको ढुङ्गामा ठोक्किएर मृत्यू भएको छ ।
ढुङ्गामा ठोक्किएर चिप्लिदा ४५ वर्षीय नीमा शेर्पाको मृत्यू भएको प्रहरीले जनाएको छ । ओखलढुङ्गा जिल्ला बडालु–५ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–१५ बस्ने शेर्पाले नेपाल टेलिकममा लाईन म्यानको काम गर्दै आएका थिए ।
यसैबीच, दुवाकोट–२ की ४२ वर्षीय दया खड्का बस्नेले माइतीमा विष सेवन गरी आत्महत्या गरेकी छन् । उनले सिपाडोल–१, सूर्यविनायकस्थित माईतीको घरमा विष सेवन गरेको महानगरीय प्रहरी प्रभाग भक्तपुरका नायव उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया