पुरिएर १३ जनाको मृत्यू/एक जना बेपत्ता

Dailekha Districtकाठमाडौं, ४ असार । दैलेख, बैतडी, अछाममा बाढी/पहिरोमा परेर १३ जनको मृत्यू भएको छ । पहिरोमा पुरिएर एकजना बेपत्ता भएका छन् ।
दैलेख जिल्लामा घर भत्किँदा आज (मंगलबार) विहान सात सातजनाको मृत्यू भएको छ । मालिका­२ स्थित ३० बर्षीय मोहन कुमालको घर माथीबाट पहिरो आई भत्किँदा परिवारका सातैजनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेमा मोहनकी पत्नी तुलसा कुमाल, ११ बर्षीय छोरा गणेश कुमाल, ७ बर्षीय छोरा खगेन्द्र कुमाल, ६ बर्षीय छोरा नगेन्द्र कुमाल तथा छोरी ३ बर्षीया बिष्णु कुमाल र २ बर्षीया सुन्तली कुमाल रहेका छन् ।
यसैगरी, दैलेखको तल्लो ढुगेश्वर खडकवाडा गाबिसमा लहरे खोलाले १५ वटा घर बगाएको छ । नाउले गाबिसमा पनि ५ वटा घर डुबानमा परेका छन् । सो स्थानका स्थानीयलाई सुरक्षित स्थान तर्फ सारिएको प्रहरी भनाई छ ।
त्यसै गरेर, बैतडी जिल्लाको सिद्धेश्वर­२ स्थित खोला–खोल्सी बस्ने रामसिंह ऐरीको २ तले ८ कोठे जस्ताले छाएको घर पहिरोले पुरिएको छ । पहिरोले घर पुरिँदा ४ जनाको पुरिएर मृत्यू भएको छ ।
आजै (मंगलबार) विहान साढे ६ बजे पहिरो आएको हो । पुरिएर मृत्यू हुनेमा रामसिंह ऐरीकी पत्नी ३४ बर्षीया कलावती ऐरी, उनकी छोरी ३ बर्षीय बिन्देश्वरी ऐरी, भाई बुहारी २६ बर्षीया सीता ऐरी तथा १ बर्षीय छोरा अर्जुन ऐरी रहेका छन् ।
साथै रामसिंह ऐरीका छोरा १२ बर्षीय परमेश्वर ऐरी पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको स्थानीय र सुरक्षाकर्मीले खोजी कार्यजारी राखेका छन् ।
यता, अछाम जिल्लामा पनि दुई जनाको मृत्यू भएको छ । कुन्तिबण्डाली­३ मा पहिरोले पुरिएर ३५ बर्षीय मीनबहादुर बोगटीकी पत्नी ३२ बर्षीया अनिता बोगटी र छोरी सबिना बोगटीको मृत्यू भएको छ ।
आज (मंगलबार) विहान साढे ५ बजे गोठमा सुतिरहेको अबस्थामा पहिरो आउँदा उनीहरुको मृत्यू भएको हो । पहिरोबाट मीनबहादुरका ७ बर्षीय छोरा मुकेस बोगटी र ५ बर्षीय रोहित बोगटी सामान्य घाईते भएका छन् ।

प्रतिक्रिया