बर्षाले सदरमुकाम डुबानमा, विमानस्थल पनि बन्द

simana-bhairahawaभैरहवा  ४ असार । आइतबारदेखि परेको अबिरल वर्षाका कारण रुपन्देहीको सदरमुकाम भैरहवा डुवानमा परेको छ । डुबानका कारण यहाँका अधिकांश सरकारी कार्यालयको काम प्रभावित भएको छ । सिद्धार्थनगर नगरपालिकाको बिभिन्न वडा र केही सरकारी कार्यालय डुबानमा परेका छन् । डुबानका कारण नगरपलिकाका पक्लिहवा, झण्डी बजार, दरखसवा, गल्लामण्डी, हाट बजार, ज्योती पथ, श्रद्धापथ, देबकोटा चोक, सिद्धार्थ बसपार्क, बेलहिया, जनतापथ, नयाँ सडक, सिद्धार्थ रंगशाला लगायत विभिन्न क्षेत्र पोखरी जस्तै देखिएका छन् ।
मुख्य सडक डुबानमा परेपछि भैरहवाबाट छुट्ने अधिकांश सवारी साधानहरु छुट्न सकेका छैनन् भने भैरहवा स्थित गौतमबुद्ध विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन । नेशनल टे«डिड लिमिटेड, अध्यागमन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था इकाइ कार्यालय लगायतका कार्यालय समेत डुबानमा परेका छन । कार्यालय डुबानमा परेपछि सेवाग्राहीको काममा असर परेको छ ।
गौतम बुद्ध बिमानस्थल भैरहवा जलबायु शाखाका अनुसार सोमबार भैरहवा आसपास एक सय ४४ दशमलब ६ मिलिमिटर बर्षा भएको छ । मंगलवार मध्यान्ह सम्म ८६.१ मिलिलिटर पानी परेको छ ।
तराईको समथर क्षेत्र भएको र पछिल्लो समय बेलहिया बुटवल व्यापारिक मार्गका नाममा सिद्धार्थराजमागृमा असार लाग्नै लाग्दा ८२ फुट बनाउने अभियानका कारण नाली जाम भएका छन् । ढलको निकास रोकिएको छ । जसले गर्दा स्थानियहरु एकदमै प्रभावित भएका छन् । यदि यस्तै पानी अझै २ दिन परे भैरहवा पुरै डुब्ने स्थानीयको चिन्ता छ ।

 

 

 

 

प्रतिक्रिया