दार्चुला र कञ्चनपुरलाई ५०/५० लाख दिईने

काठमाडौं ४ असार । केहि दिन देखिको अविरल बर्षाका कारण महाकाली नदीमा आएको बाढीबाट अति नै प्रभावित भएको पश्चिम नेपालको दार्चुला र कञ्चनुपरमा तत्काल ५०–५० लाख रुपियाँ दिने निर्णय सरकारले गरेको छ । दैवी प्रकोप उद्धार समितिको आज बसेको बैठकले दार्चुला र कञ्चनपुरमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र विस्थापितलाई तत्काल राहतको व्यबस्था गर्न प्रतिजिल्ला ५०–५० लाख पठाउने निर्णय गरेको हो ।
महाकाली नदीले जिल्ला अस्पताल समेत बगाएपछि औषधीको अभाव देखिएपछि समितिले दार्चुलामा औषधीसहित राहत सामाग्री पठाउने र राहत तथा उद्धारका लागि क्षेत्रीय प्रशासकको समन्वयमा परिचालन हुने गरी नेपाली सेनाको हेलिकोप्टर तयारीमा अवस्थामा राख्ने निर्णय गरेको हो ।
गृहमन्त्रालय अन्तर्गत रहेको दैबी प्रकोप उद्धार समितिले देशभर बाढी तथा पहिरोबाट प्रभावितको खोजी, उद्धार तथा राहतलाई प्रभावकारी बनाउने र आवश्यकता अनुसार हेलिकोप्टर लगायत सबै सुरक्षा निकायलाई परिचालन गर्न जनाएको छ ।

प्रतिक्रिया