राष्ट्रिय विद्यालय बुद्धिचाल सुरु

Sani-Taruniललितपुर : प्रथम राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताअन्र्तगत बुद्धिचाल खेल सोमबारदेखि सुरु भयो । सुदेशा हाइस्कुल, नख्खुमा सञ्चालित दुई चरणको समाप्तिमा दुवै खेल जितेर छात्रतर्फ यु १२ समूहमा अन्नपूर्ण उमाविका मिलन लामा, एभरेष्ट एकेडेमी कैलालीका महेश खड्का र सुजन दाहाल तथा न्यु मुनलाइट कास्कीका निर्मल थापा संयुक्तरूपमा अग्रस्थानमा रहेका छन् । त्यस्तै यु १४ मा ल्याबोरेटरी कीर्तिपुरका विवेक श्रेष्ठ, दीपज्योति गोंगबुका विकास थोकर, एभरेष्टका टेकराज उपाध्याय र अन्नपूर्णका जेनिश थापाले अग्रता लिएका छन् । त्यसैगरी छात्र यु १६ तर्फ ख्वप्रिङ भक्तपुरका राज प्रजापती, अन्नपूर्णका विकेश जैसवाल र विद्यासदन पर्साका अजरूद्धिन अन्सारी शीर्ष स्थानमा रहेका छन् ।
दुई दिने प्रतियोगितामा छात्रातर्फ यु १२ मा अन्नपूर्णका खुस्बु जैसवाल, अरुणोदय झापाकी पुनम प्रसाईं, ग्यालेक्सीकी अरूणिमा क्षेत्री र ग्रिनल्यान्ड स्कुलकी अनुुषा पाण्डेले समान २ अंक प्राप्त गरेका छन् । त्यस्तै यु १४ मा ग्रिनल्यान्डका निरूजा घिमिरे, अन्नपूर्णकी रेमी महर्जन, स्वर्णिम स्कुलकी इशा थापा र लिभिङ स्टोन ललितपुरकी अनु घिमिरे शीर्षमा रहेकी छिन् । त्यसैगरी छात्रा यु १६ तर्फ ख्वपिङ भक्तपुरकी रेणु कोजु र स्वर्णिमकी कुमुदिनी पन्त २ अंकका साथ अग्रस्थानमा रहेकी छिन् । (सौस)

प्रतिक्रिया