राष्ट्रपति उपचारका लागि जापानतर्फ

काठमाडौं : राष्ट्रपति डा. रामवरण यादव स्वस्थ्योपचारका लागि जापान गएका छन् । लामो समयदेखि आन्द्राको समस्याले थलिएका उनी सोमबार थाई एयरको विमानबाट दश सदस्यीय टोलीका साथ जापान प्रस्थान गरेका हुन् ।
राष्ट्रपति यादवसँग सरकारका तर्फबाट परराष्ट्रका शिष्टाचार महापाल निरञ्जन बस्नेत, राष्ट्रपतिका छोरा चन्द्रमोहन र छोरी अनिता, निजी चिकित्सक यादव भट्ट, कानुनी सल्लाहकार सूर्य ढुंगेल र तीन सुरक्षाकर्मी पनि जापान गएका छन् । जापानको एक सरकारी अस्पतालमा उनको उपचार हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रपति यादवको उपचारका लागि जापानमा अस्पताल खोज्ने तथा व्यवस्थापन मिलाउने काम जापानस्थित नेपाली दूतावासले गरेको छ । उनको उपचार मंगलबारबाटै सुरु हुनेछ । राष्ट्रपति यादवको नेपालमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा आन्द्रामा दाग देखिएपछि थप उपचारका लागि विदेश लैजान भन्दै चिकित्सकहरूले सिफारिस गरेका थिए । (सौस)

प्रतिक्रिया