घोषित मितिमै चुनाव हुन्छ : गच्छदार

विराटनगर, ३ असार । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभा चुनाव सरकारले घोषणा गरेकै मितिमा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका गच्छदारले सबै दल शंका उपशंका छाडी चुनावमा जानुपर्ने बताए । गच्छदारले सरकारले घोषणा गरेको चुनावप्रति असहमति जनाउने सबै दललाई सहमत गराउन प्रयत्न गर्ने उल्लेख गर्दै समितिको विरोध गर्नुभन्दा यसमा सहभागी भएर उपयोग गर्न विरोधी दलहरूलाई आग्रह गरे । उनले समितिको खारेजी माग गर्नु मुलुकलाई अझ अन्योलतातर्फ धकेल्नु भएको तर्क गरे ।

प्रतिक्रिया