पत्रकारले पारीश्रमिक पाएनन्

महोत्तरी, ३ असार । काम गरेको वर्षौ बितिसक्दा पनि आफू संबद्ध सञ्चारमाध्यमले पारीश्रमिक नदिएको गुनासो पत्रकारले गरेका छन् । नेपाल पत्रकार महासंघ शाखा महोत्तरी र न्यूनतम पारीश्रमिक निर्धारण समितिको कार्यक्रममा यस्तो गुनासो आएको हो । पत्रकार महासंघ शाखा महोत्तरीका अध्यक्ष हरि मण्डलको अध्यक्षता तथा न्यूनतम पारीश्रमिक निर्धारण समितिकी सदस्य बबिता बस्नेतको प्रमुख आतिथ्यमा भएको अन्तक्र्रयामा महोत्तरीका सञ्चारमाध्यममा भएका पत्रकार र पारीश्रमिकको विषयलाई उठाइएको पत्रकार ईश्वरी काफ्लेले जानकारी दिए । साथै जिल्लामा रहेका पत्रिका, रेडियोमा कार्यरत पत्रकारले मात्र नभएर सरकारी सञ्चारमाध्यममा समेत न्यूनतम पारीश्रमिक ऐन लागु नभएको सार्वजनिक भएको छ । सञ्चारमाध्यमले नियुक्तीपत्र, अनुभवपत्र नदिने दुखेसो सञ्चारकर्मीले पोखे । बस्नेतले न्यूनतम पारीश्रमिक लागु नगरिनु लज्जास्पद भएकाले यस सम्बन्धमा पहिले सरकारी सञ्चारमाध्यमबाटै अनुसन्धानको प्रयास थालिने बताइन् ।

प्रतिक्रिया