दिसापिसाबको मलबाट उत्पादनमा वृद्धि

Toiletधरान, २ असार । सुनसरीको खनारस्थित पुरनटोलीयाका स्थिानीयवासीले मान्छेको दिसापिसाबलाई करेसाबारीमा प्रयोग गर्ने मलको रूपमा प्रयोग गर्ने गरेका छन् । सिमएन नेपालको सहयोगमा ‘प्रत्येक घरमा एउटा चर्पी’ कार्यक्रमपछि पुरनटोलीयाका स्थानीयले कृषि उत्पादन बढाउने गरेका छन् ।

शौचालयको एक छेउबाट पिसाब र अर्काे छेउबाट दिसा भिन्नै भेलापारेर मलको रूपमा प्रयोगमा आएका छन् । तीन लिटर पिसाबमा तीन लिटर नै पानी मिसाएर तरकारी बालीमा प्रयोग गर्दा उपयुक्त हुने बताउँछन् । पिसाबलाई मलको रूपमा प्रयोग गरिएको तरकारी बालीमा लाही रोग नलाग्ने र अरू मल प्रयोग गरेकोभन्दा बढी स्वादिलो हुने कृषक बताउँछन् । त्यस क्षेत्रका प्रत्येक घरमा मान्छेले दिसापिसाबलाई सुरक्षित ढंगले राख्ने गरेको छन् । पिसाबलाई प्लास्टिकको भाडामा जम्मा गर्दछन् भने दिसालाई भिन्दै खाल्डामा जम्मा गर्ने गरेका छन् । स्थानीय सुञ्जु चौधरीका अनुसार पहिला तरकारीमा लाही लाग्ने र नफस्टाउने जस्ता समस्या देखिने गरे पनि अहिले त्यो समस्या हटेको छ । अन्य मल प्रयोग गर्दा तरकारीबाली
त्यसपछि शौचालय निमार्णकै लागि सिम एन नेपालले प्रत्येक घरमा पाँच हजार रुपियाँ सहयोग गरको थियो । त्यसपछि नै सबै घरमा इकोसन चर्पी बनेको थियो । चर्पी बनाएपछि सिम एन नेपालले कसरी दिसापिसाबलाई प्रयोग गर्ने भन्नेबारेसमेत तालिम दिएको थियो । तालिममा सबै जना सहभागिता रहेको कारणले अहिले दिसापिसाबलाई सदुपयोग गदै आएको सञ्जुले बताइन् । चर्पी बनाएपछि गाउँमा नै परिवर्तन आएको छ । यसअघि सुंगुर, कुखुरा र हास जस्ता घरपालुवा पशुपक्षीले छर्ने गरे पनि अहिले त्यो समस्या छैन । खनारका पुरनटोलीया र लभटोल गाउँ पूर्वाञ्चलको नमुना गाउँसमेत बनेको छ । स्थानीय पुष्प भट्टराईका अनुसार गाउँमा सिम एन नेपालले इकोसन मल उत्पादन हुने गरी चर्पी बनाएपछि गाउँको वातावरण नै परिवर्तन भएको छ ।

प्रतिक्रिया