त्रिशूलीमा डुबेर पाँच बेपत्ता

चितवन : कुरिनटारनजिक त्रिशूली नदीमा पौडी खेल्ने क्रममा शनिबार डुबेर पाँच जना बेपत्ता भएका छन् । दिउँसो डुबेका उनीहरू साँझ अबेरसम्म पनि फेला परेका छैनन् ।
बेपत्ता हुनेमा चितवन चौबीसकोटीकी मोनिका रेग्मी, रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता रेग्मी र जनक रावत रहेका छन् । उनीहरूसँगै पौडी खेलिरहेका प्रशान्त रेग्मी भने सकुशल रहेको मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए ।
बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोलीसहितको प्रहरी टोली खटिएको छ । स्थानीयवासी पनि खोजी कार्यमा जुटेका छन् । (सौस)

प्रतिक्रिया