मकाउमा पनि कांग्रेस जनसम्पर्क समिति गठन

imagesकाठमाडौं, १ असार । विभिन्न देशमा जनसम्पर्क समिति रहेको नेपाली कांग्रेसले मकाउमा पनि आफ्नो जनसम्पर्क समिति गठन गरेको छ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको उपस्थितिमा हिजो मकाउमा समिति गठन गरिएको हो । अम्बिर जोशीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको विज्ञप्तीमा जनाइएको छ । समितिमा उपसभापति हरी केसी, उपसभापति सुजन काफ्ले, सचिव कर्णबहादुर अधिकारी, उपसचिव शान्ती अधिकारी, कोषाध्यक्षमा लेखबहादुर गुरुङ रहेका छन् । यस्तै सहकोषाध्यक्षमा ओमकुमारी चेम्जोङ, सदस्यमा ज्ञानेश्वर धमला, हरीप्रसाद गुरुङ, श्याम गिरी, प्रकाशबहादुर क्षेत्री, सन्देश गुरुङ र सन्जु केसी धमला रहेका छन् ।

प्रतिक्रिया