मोवाईल चार्ज गर्दा करेण्ट लागेर मृत्यु

elephantरौतहट, जेष्ठ ३१ । रौतहटको सरुअठामा करेन्ट लागेर एक जनाको बिहीबार राति ज्यान गएको छ ।
सरुअठवा-७ का २० वर्षीय बल्फलुल्ला रहिमको मुत्यु भएको हो । मोवाईल चार्ज गर्ने क्रममा तार सट हुँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
यस्तै हात्तिको आक्रमणबाट रौतहटको लक्ष्मीनिया गाविसमा दुईजना घाईते भएका छन् । हात्तिले घरहरु समेत भत्काएका छन्  । लक्ष्मीनिया-९ मा विहीवार राति आएका हातिका बथानलाई धपाउन खोज्दा स्थानीय ४० वर्षका जितेन्द्र महतो र ३७ वर्षका शोभीलाल चौधरी गम्भीर घाईते भएका हुन् । घाईतेलाई वीरगंजमा उपचार भईरहेको छ ।

हातिको बथानले स्थानीय विजय चौधरी, सीताराम चौधरी, जितेन्द्र महतो, सोभीलाल चौधरीलगायत ६ जनाको घर भत्काएको छ । राति १० वजे तिर आएका हातिहरुको वथानले विहान २ बजे सम्म गाउमा आतंक मच्चाएको थियो । (फाईल तस्विर)

प्रतिक्रिया