धरानमा पानीको हाहाकार

dharanko-sukumbasi-le-sarbaधरान, ३१ जेठ । धरानमा स्थानीयवासीमा खानेपानीको समस्या बढ्दै गएको छ । सुख्खा मौसमसँगै खोलाको मुहान सुक्न थालेपछि खानेपानीको समस्या पनि बढेको हो । खानेपानी संस्थानले नगरका आधा वडामा बिहान र आधामा बेलुका मात्र पानी वितरण गर्ने गरेको छ । बिहान र बेलुका तीन/तीन घन्टा मात्र पानी दिइने गरेको छ ।

ठूला घरानियाले मिटरबाट छतमा भएको ट्यांकीमा पानी चढाउने गरेका कारण सामान्यको घरमा समस्या झनै थपिएको छ । धरान १५ का सुष्मिता गुरुङले आफ्नो छिमेकीको घर ठुल्ठूला भएकाले गर्दा उनीहरूले पानी मिटरबाट छतको ट्यांकीमा पानि चढाएपछि आफ्नो घरमा पानी नआउने र आउँदा पनि सानो आउने गरेकाले हैरान भएको बताइन् । उनले आफूहरूले पानीको समस्याले गर्दा खान मात्र होइन, जीवनयापनका अन्य सामान्य विषयमा समेत समस्या परेको बताइन् । त्यसैगरी, सुकुम्बासी बस्तीका बासिन्दालाई झनै चर्काे पानीको समस्या रहको सुकुम्बासीहरूले बताएका छन् । लामो समय लाइनमा बस्नुपरेकाले मजदुरीमा पनि समस्या परेको धरान १६ नैलो बस्तीकी सम्झना मगर बताउँछिन् ।
धरानका सामान्य व्यक्तिले खानेपानी संस्थानले गैरजिम्मेवारीपूर्ण पानीसमेत वितरण गर्ने गरेको बताए । खानेपानी संस्थानका अनुसार धरानेमा दैनिक एक करोड ७० लाख लिटर पानी आवस्यकता रहेको छ । तर, दैनिक १ करोड लिटर मात्र वितरण गर्ने गरेको संस्थानका प्रशासकीय अधिकृत देवराज श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया