काठमाडौं, ३० जेठ । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयूक्त नीलकण्ठ उप्रेतीबीच भेटबार्ता भएको छ ।
राजधानीमा आज (बिहीबार) भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचनको तयारीलगायतका विषयमा परामर्श भएको हो । निर्वाचनको मिति र कानूनका विषयमा रेग्मी र उप्रेतीबीच छलफल भएको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।
मंसिर महिना भित्र निर्वाचनको तयारी भईरहेका बेला अध्यक्ष रेग्मी र प्रमुख आयूक्त उप्रेतीबीच भेटबार्ता भएको हो ।
निर्वाचन कानूनका प्रावधान अन्तर्गतका न्यूनतम मत, फौजदारी अभियोग लागेका नेता उम्मेद्वार हुन पाउने वा नपाउने, उम्मेद्वारको सम्पत्ति विवरणलगायतमा प्रमुख दलहरुका बीच विवाद छ ।
प्रतिक्रिया