अब स्कुल डान्स च्याम्प

sdclogoकाठमाडौं : स्कुलमा अध्ययनरत विद्यार्थीका नृत्यमार्फत प्रतिभा उजागर गर्ने उद्देश्यले स्कुल डान्स च्याम्पको आयोजना हुने भएको छ । नृत्यमै पहिचान बनाउन चाहनेका लागि उत्कृष्ट प्लेटफर्म बनाउने उद्देश्यले ड्रिम फ्याक्ट्री इन्टरटेन्मेट गु्रपले कार्यक्रम गर्न लागेको हो । गत वर्ष कलेज डान्स च्याम्प आयोजना गरेको ड्रिम ºयाक्ट्रीको यो दोस्रो रियालिटी सो हो ।
आगामी असार १ गते नुवाकोटबाट अडिसन सुरु हुने प्रतियोगिता इमेज च्यानल टेलिभिजनबाट प्रसारण हुने आयोजक संस्थाका प्रबन्ध–निर्देशक दशमी सुनुवारले जानकारी दिइन् । ‘यो नृत्य प्रतियोगिता मात्रै होइन’ दशमीले भनिन्, ‘नृत्यका विभिन्न विधामा तालिम लिने अवसर पनि हो ।’ च्याम्पमा नृत्यका शैली, हाउभाउ र परफेक्टका साथै टेक्निकबारे सिकाइने दशमीले खुलाइन् ।
भक्तपुर, ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, चितवन, सुनसरी, झापा, मोरङ र नेपालगञ्जलगायत बाह्र स्थानका अडिसनबाट ६० प्रतिस्पर्धी मेघा फाइनलका लागि छानिनेछ । विभिन्न चरणका प्रशिक्षणका क्रममा २० प्रतिस्पर्धीलाई अन्तिम प्रतिस्पर्धाका लागि छानिनेछ ।
१ देखि कक्षा ९ सम्मका विद्यार्थीले सहभागी जनाउन सक्ने प्रतिस्पर्धाका विजेताले २५ हजार रुपियाँ र स्कुल डान्स च्याम्प द राइजिङ स्टारको उपाधिका साथै १ वर्षको छात्रवृत्ति र अन्य आकर्षक पुरस्कार जित्न सक्नेछन् । (सौस)

प्रतिक्रिया