चालक र खलासी पुर्पक्षका लागि थुनामा

Balatkarचितवन, २७ जेठ । एघार बर्षीय बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालत चितवनले दुई जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
ना ३ ख २८५६ नम्बरको बसका चालक ईन्द्रमणि खरेल र खलासी कुमार थापामगरलाई अदालतले आज (सोमबार) पुर्पक्षका लागि थुनामा राख्न प्रहरीलाई आदेश दिएको हो । न्यायाधीश भोलानाथ चौलागाईको एकल ईजलासले मुद्दाको किनारा नलागेसम्म पुर्पक्षमा राख्न आदेश दिएको अदालतले जनाएको छ ।
वैशाख–२१ गते चितवनको खैरहनीमा घर जान लगेकी बालिकालाई दुई जना मिलेर बलात्कार गरेका थिए । बलत्कार पछि हिड्न नसक्ने अवस्थामा पुगेकी बालिकालाई स्थानीयले उद्दार गरेर उपचार गर्नुका साथै प्रहरीलाई खबर गरिदिएका थिए ।

प्रतिक्रिया