कुपोषणविरुद्ध अभियानमा गायिका जेनेट

janetjacksonलन्डन : गायिका जेनेट ज्याक्सनको नाम युनिसेफसँग जोडिएको छ । युनिसेफले आफ्नो संस्थाको आगामी कार्यक्रमका लागि उनको नाम सामेल गरेको हो । गायिका जेनेटलाई युनिसेफले आफ्नोतर्फबाट अफ्रिकामा फैलिएको कुपोषण र भोकमरीविरुद्धका अभियानमा सामेल गराउने योजना बनाएको छ । गायिका जेनेटले पनि यो अभियानमा आफूलाई समर्पित गर्न पूर्णतयारी गरिसकेकी छन् ।
४७ वर्षीय यी गायिकाले अभियानलाई सहयोग पुर्‍याउने हेतुले जनसेवामा आधारित एक चलचित्रसमेत निर्माण गरेकी छन् । जसमा उनी आफैं मुख्य भूमिकामा छिन् । उनको भूमिका कुपोषण उन्मुक्तिका लागि प्रयासरत संघर्षशील महिलाको छ । कुपोषण विरोधमा अभियानमा यी गायिकाको लगाव सधैँ रहँदै आएको छ ।
‘ममा यस्तो मुलुक बनाउने चाहना छ । जुन मुलुकमा एउटा बच्चा पनि कुपोषणको सिकार बन्न बाध्य हुन नपरोस्,’ जेनेटले भनिन्, यसकारण पनि मैले योविरुद्धको अभियानमा सधैँ साथ दिँदै आएकी छु ।’ (एजेन्सी)

प्रतिक्रिया