काठमाडौं : उज्वेकिस्तानको तास्केन्दमा भएको खुला एसियाली साम्बो च्याम्पियनसिपमा नेपाली खेलाडी रन्जु राईले रजत जितेकी छन् ।
महिलाको स्पोर्ट्स स्पर्धाको ६० केजीमुनि रन्जुले रजत जितेको नेपाल साम्बो फेडेरेसनका सचिव उत्तम श्रेष्ठले जनाएका छन् । रन्जु आयोजक राष्ट्रकी खेलाडीलाई पराजित गरी फाइनलमा पुगेकी थिइन् । फाइनल नतिजा भने रन्जुले काजाकिस्तानकी खेलाडीलाई सुम्पिन् ।
प्रतियोगितामा रन्जुसहित पुरुष कम्ब्याटको ६२ केजीमुनि गोपाल पुन मगरले प्रतिस्पर्धा गरेका थिए । उनी पदकविहीन रहे । टोली सोमबार स्वदेश फर्कने फेडेरेसनले जनाएको छ । (सौस)
प्रतिक्रिया