खाद्यन्नमा आत्मनिर्भर

स्याङ्जा : खाद्य सुरक्षामा स्याङ्जा जिल्ला सुरक्षित रहेको जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालद्वारा आइतवार आयोजित कार्यक्रममार्फत सो जानकारी गराइएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले खाद्य सुरक्षा सुरक्षित रहनुका मापनका आधारलाई फराकिलो पार्नुपर्ने बताए । विभिन्न १२ वटा खाद्य सुरक्षाका मापन सूचकका आधारमा स्याङ्जालाई खाद्य सुरक्षित जिल्ला घोषणा गरिएको वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।
खाद्य सुरक्षाअन्तर्गत अन्नबाली उत्पादनको अवस्था, धरधुरीमा खाद्यान्न सञ्चय, बजारमा खाद्यान्नको अवसर, ज्यालादारी रोजगारीको अवस्था, गैरकाष्ठ उत्पादन तथा बिक्री, प्राकृतिक प्रकोप, बसाइसराइ, कुपोषण, रोगव्याधी, नागरिक सुरक्षालगायत मापनका सूचक रहेका छन् ।
कार्यक्रममा खाद्य सुरक्षा कार्यक्रमका चन्द्रा आले र बाली संरक्षण अधिकृत नवराज भण्डारीले खाद्य सुरक्षा र स्याङ्जामा उत्पादित कृषि तथा फलफूलका बारेमा जानकारी गराए । स्याङ्जामा सुन्तला, कफी, विभिन्न मौसमी तथा बेमौसमी तरकारी, धान, मकै गहुाको उत्पादन राम्रो हुने बाली सरंक्षण अधिकृत भण्डारीले बताए । (सौस)

प्रतिक्रिया