“राजधानीमा टिक्न मादलेका रूपमा दोहोरी साँझमा काम गरेँ”

Kamal-Gaule-3०५७ तिर होला, म राष्ट्रिय नाटक महोत्सवमा भाग लिन भनेर जिल्लाको प्रतिनिधित्व गर्दै पहिलोपटक काठमाडौं आएको थिएँ । त्यतिबेला म जिल्लामा हुने नाटकको नामी कलाकार थिएँ । त्यसैले पनि जिल्लाको प्रतिनिधित्व गर्ने अवसर पाएँ । जिल्लाको प्रतिनिधित्व गरेर पहिलोपटक काठमाडौं आएको मलाई यहाँको बारेमा केही थाहा थिएन । त्यसैले पनि महोत्सव अवधिभर केही दिनको बसाइपछि पुन: दाङ फर्किएँ । लगत्तै केही समयपछि फेरि नाटककै सिलसिलामा पुन: काठमाडौं आएँ । नाटककै कारण मेरो काठमाडौं आउने/जाने क्रम रेगुलर चल्न थाल्यो । धेरैपटकको आवत–जावतमा काठमाडांैका केही नाटयकर्मीसँग मेरो हिमचिम बढन थाल्यो ।
ती दिन मलाई राम्ररी याद छ । जुनदिन नाटककै सिलसिलामा म पाँचाँैपटक काठमाडौं आएको थिएँ । सो समय मैले बंगेल, ऊ मरेकी छैन, नैनी त रामलगायत केही नाटकमा अभिनय क्षमता देखाउन पाएँ । मेरो यो नाटकको अभिनयमा काठमाडांैका धेरै नाटयाकर्मीले अगाडि बढन हौसला र सल्लाह दिए । अग्रज तथा समकक्षीको हौसलाले आºनै निर्देशनमा पहिलोचोटि नाचघर जमलमा लगान नाटकको सो गरँे । यो नाटकले सोचेजति सफलता पाउन नसकेकाले फेरि जिल्ला दाङमै फर्किएँ ।
०५८/५९ तिर होला, म फेरि नाटककै लागि काठमाडौं आएँ । यतिबेलासम्म ममा अब काठमाडांैमै बसेर कलाकारिता अगाडि बढाउनुपर्छ भन्ने सोच पलाइसकेको थियो । कलाकारितामा अगाडि बढने राम्रो अवसर यहीँबाट पाइन्छ भन्ने मैले राम्ररी बुझिसकेको थिएँ । तर, मेरा लागि यहाँ कलाकारिता अगाडि बढाउनुभन्दा पहिला टिक्नु ठूलो थियो । उहीँ बसेर खानका लागि दोहोरी साँझमा काम गर्न थालेँ, मादलेका रूपमा । दोहोरी गीतमा मादल बजाउँदै गर्दा मैले अन्य धेरै बाध्यवादन पनि खेलाउन सक्थेँ । दोहोरी साँझमा मादलको अलावा आवश्यक परे अन्य पनि बजाउँथेँ । दोहोरी साँझमै काम गर्ने सिलसिलामा गायिका सिला आलेको गीतको म्युजिक भिडियोमा पहिलोचोटि अभिनय गर्ने अवसर पाएँ ।
दोहोरीमा मादल बजाउनु पेटका लागि अनिवार्य थियो भने मेरो रुचि भनौँ वा सबैथोक कलाकारिता नै थियो । त्यसैले भिडियो पनि अभिनय त गर्ने हो नि भन्ने सोचेर खेलँे । यसमा मेरो जँडयाहाको भूमिका थियो । लगत्तै आलोक नेवाङको म्युजिक भिडियो गरेँ । यसमा पनि मेरो भूमिका त्यस्तै थियो । यी भिडियोका माध्यमले टेलिभिजनमा छाउन थालेँ, क्रमश: मैले भिडियोमा लगातार अवसर पाउन थालेँ । भँसी पालेरलगायत केही भिडियोले सर्वाधिक चर्चा पनि कमायो । पहिलो शिला आलेको भिडियोदेखि आजसम्म आइपुग्दा १ सय ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको छु । अबका दिनमा पनि निरन्तरता दिन्छु होला ।
त्यस्तै, ०६३ तिर होला । मैले अभिनय गरेको गर्नु गर्‍यौ साउनी, भैँसीपालेरलगायत केही म्युजिक भिडियोले बजार ततायो । यो समय बाहिर हिँडदा मलाई सबैले अभिनय गरेको भिडियोका गीत गुनगुनाएर जिस्क्याउँथे । म पनि अभिनयमा अब चिनिन थालेछु भनेर मख्ख थिएँ । दोहोरीमा राति अबेरसम्म काम गर्नुपर्ने भएकाले बबरमहलस्थित हनुमान स्थानमा मेरो कोठा थियो । मेरो कोठा सँगसँगै तीतोसत्यको अपिस थियो । जहाँ दीपक दाइ सधँै तीतोसत्यको लेखनकार्य गर्नुहुन्थ्यो । ओहोर–दोहोरमा उहाँसँग सधैँ आँखा जुध्थ्यो । यसै क्रममा एकदिन मलाई दीपक दाइले तीतोसत्यमा खेल्ने हो ? भनेर सोध्नुभयो । मैले तुरुन्तै जवाफ फर्काएँ– खेल्छु भनेर । यसमा मलाई पहिले भकभकेको रोल दिनुभयो । यो रोल गरेको भागबाटै म चर्चामा रहँ । त्यसपछि तीतोसत्यमा रेगुलर अभिनय गरँे । जुन आजसम्म पनि जारी छ ।
मेरो सानो पर्दाको अभिनय तीतोसत्य नै पहिलो हो । तर, यसअगाडि केही ठूला पर्दाका चलचित्रमा फाट्टफुट्ट काम गरे पनि कसैले चिन्दैनथ्यो । तीतोसत्यले नै मलाई सबैका सामु चिनायो ।
चलचित्र अभिनयको कुरा गर्दा पहिलो अभिनय बलिदान हुनुपर्छ । यस चलचित्रमा एक/दुई डाइलग बोल्ने भिडभाडको सिनमा थिएँ । तैपनि, म त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ किनभने यो अभिनयका क्रममा पहिलोचोटि प्रत्यक्ष हरि दाइ र मदन दाइलाई देख्न पाएँ । त्यतिबेला ममा अभिनयको नशा राम्ररी पसिसकेको थिएन । तैपनि, यो चलचित्रमा आºनो अनुहार देखिन्छ कि देखिँदैन भन्ने हेर्न चार/पाँचपटकसम्म चलचित्र हेरेँ ।
पछाडि समूहमा रहने अभिनयबाट सुरु भएको मेरो ठूलो पर्दाको अभिनय यात्रा आजको दिनसम्म आउँदा दर्जनभन्दा माथिका ठूलो पर्दाका चलचित्रमा अभिनय गरिसकेको छु । त्यो पनि मेजर भूमिकामा । मेरो पछिल्लो चलचित्र ढुकुटी हो । जुन प्रदर्शनको तयारीमा छ ।
सुरु–सुरुताका कलाकारिताबाट दु:ख पाए पनि अहिले भने खुसी नै छु । म्युजिक भिडियोमा जँडयाहाको अभिनयबाट सुरु भएको मेरो अभिनय करियर सुरुका समयमा घरपरिवार, आफन्तलगायतबाट विभिन्न आरोप पनि लगाइए । बाहुनको छोरा जाँड–रक्सी खाएर अभिनय गर्छ भनेर नानाथरी कुरा काटे । यसले गर्दा केही समय घरपरिवार, आफन्त र गाउँबाट समेत टाढा रहनुपर्‍यो । अभिनयकै कारण घर जान नपाउँदा निकै दु:ख पनि लाग्थ्यो । किन यस क्षेत्रमा लागेछु नि भन्ने पछुतो पनि हुन्थ्यो ।
तर, अहिले मलाई हेर्ने नजर फेरिएको छ । सायद उहाँहरूले अभिनयलाई बुझ्नुभएको छ । कलाकारितालाई सम्मान गर्नुहुन्छ । पछि नै भए पनि गाउँघर, आफन्तबाट सम्मान पाउँदा निकै खुसी लागेको छ । कलाकारिताको सुरुका समय जति नै दु:ख भए पनि अहिले यस क्षेत्रबाट नाम, दाम दुवै कमाउन सफल भएको छु । अहिले मलाई जतिले कमल गाउँले भनेर चिन्छन यो सबै कला क्षेत्रकै देन हो । त्यसैले अबका दिनमा पनि कलाकारितालाई नै निरन्तरता दिने सोचाइ ममा छ ।

प्रतिक्रिया