दाहाल र भारतीय राजदूतबीच भेटबार्ता

prachand n jayant prashadकाठमाडौं, २५ जेठ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादबीच भेटबार्ता भएको छ ।
लाजिम्पाटस्थित दाहाल निवासमा आज (शनिबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचन र अन्य विविध विषयमा कुराकानी भएको बुझिएको छ । राजदूत जयन्तले सहमति गरेर निर्वाचन गर्न सुझाव दिएका थिए ।
दलहरुका बीच निर्वाचन र ऐनलाई लिएर मतमतान्तर भईरहेका बेला अध्यक्ष दाहालसँग भारतीय राजदूत जयन्तले भेट गरेका हुन् ।

प्रतिक्रिया