विद्युत महशुल नतिर्नेमा सरकारी निकाय नै अगाडि

bijuli (3)राजविराज, २५ जेठ । समयमै विद्युत महशुल नतिरे सर्वसाधारणको लाईन काटिदिन्छ, विद्युत प्राधिकरणले । तर यहाँ जिल्लामा भने बर्षौदेखि दर्जनौं सरकारी निकायले महशुल तिरेका छैनन । महशुल तिर्न पटक पटक ताकेदा गर्दा पनि सरकारी निकायले नै वेबास्ता गर्ने गरेको प्राधिकरणका कर्मचारीहरु गुनासो गर्छन् । २०६९ साल चैत मसान्तसम्मको कार्यालयको रेकर्ड अनुसार सरकारी कार्यालय, उद्योग, कलकारखाना, गाविस तथा ब्यक्तिका नाममा गरी ३ करोड ८५ लाख २० हजार ७ सय रुपैया विद्युत महसुल असुल हुन बााकी छ । उक्त रेकर्डमा हालसमेत खासै परिवर्तन नआएको कार्यालय प्रमुख शम्भु कुसिएत यादवले बताए । प्रमुख यादवले दिएको जानकारी अनुसार अधिकांश संस्था र ब्यक्तिले ३ लाख भन्दा बढी महशुल बाँकी राखेका छन् । महशुल वुझाउन आग्रह गर्दा समेत उनीहरुले बेवास्ता गरेको यादवले गुनासो गरे । विद्यूत चोरीका कारण अत्याधिक लोडसेडिङ्ग गर्नु परिरहेको अवस्थामा महसुल समेत बुझाउन छोडेपछि थप समस्या भएको यादवले बताए ।

विद्युत उपयोग गर्ने तर महशुल नवुझाउने गर्न थालेपछि कार्यालयले १० हजार भन्दा वढि रकम भएका उपभोक्ताको विद्युत लाईन काट्न थालेपछि करिव १५ करोड रुपैया अशुल भएपनि करिव ४ करोड बक्यौता हालसम्म असुल हुन नसकेको उनले वताए । ‘लाईनै काट्न थालेपछि त्यसताका हामीले १४० प्रतिशतका दरले बक्यौता अशुल ग¥यौ’ प्रमुख यादवले भने–‘त्यतिवेला करिव १ हजार उपभोक्ताको विद्युत काटियो ।’ तर, लाईन काट्ने अभियान वन्द भएसगै अशुल हुनु पर्ने रकम हालसम्म वाकी नै रहेको यादवको भनाई छ ।
यसैगरी, सप्तरीमा हाल ५५ देखि ६० प्रतिशत विजुली चुहावट हुने गरेको समेत यादवले जानकारी दिए । घरायसी र खेती प्रयोजनका लागि विद्युत चुहावट हुने गरेको भन्दै मटर, टिभि, फिज, फर्निचरका समान सहित सयौ ब्यक्तिलाई पक्राउ गरेर जरीवाना गर्दा समेत यस्लाई नियन्त्रण गर्न नसकिएको उनले दुखेसो सुनाए ।

प्रतिक्रिया