बस दुर्घटनामा दुईको मृत्यू/चार घाइते

buss-1

धनगढी, २५ जेठ । कैलालीको बलिया–८, डुडेझारीमा बस दुर्घटना हुँदा दुईको मृत्यू भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
नेपालगञ्जबाट धनगढी आइरहेको ना ४ ख ६४८ नम्बरको यात्रु बाहक बस आज (शनिबार) विहान दुर्घटना भएको हो । दुर्घटनामा मृत्यू हुनेमा बर्दिया जिल्ला सिउनी–६ का २२ वर्षका प्रकाश खड्का र कैलाली बलिया चिसापानीकी तुलसी अधिकारी रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा दाङका मनोज चौधरी, बर्दियाका अक्कल साउँद, सुर्खेतका अने नेपाली र नवराज भण्डारी छन् । घाइतेको लम्कीस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया