उषा शेरचनको तस्रो रंग विमोचित

Ushaभजिनिर्या : साहित्यकार उषा शेरचनद्वारा लिखित कथासंग्रह तेस्रा रंग सार्वजनिक भएको छ । अमेरिकाको वासिंगटन डिसी महानगर क्षेत्रको म्यारिल्यान्डस्थित नेपाली समुदाय साझा चमेना गृहमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा. शंकरप्रसाद शर्माले विमोचन गरे ।
महामहिम राजदूत डा. शंकरप्रसाद शर्मालाई खादा ओढाई सम्मान गरिएको विमोचन समारोहमा सोही क्षेत्रवरिपरि बसोबास गर्ने साहित्यकार तथा कविले कविता वाचनसमेत गरे । कार्यक्रममा आरके शर्मा, कर्ण शाक्य, सन्तोष पन्त, सञ्चारकर्मी रवि लामिछाने, गोविन्द गिरीलगायतले शेरचनलाई शुभकामना दिए । (सौस)

प्रतिक्रिया