सात सय नेपाली कामदारको वैदेशिक रोजगारीमा निधन

Constructionकाठमाडौं, २४ जेठ । वैदेशिक रोजगारमा गएका नेपाली कामदारमध्ये यो वर्ष ६ सय ८५ नेपाली कामदारको निधन भएको छ । जसमध्ये पुरुष संख्या ६ यस ३२ र महिला १४ जना छन् । ०६९ साउन १ देखि वैशाख समान्तसम्म निधन हुनेमा ५ यस ७७ नेपाली रहेको प्रवद्र्धन बोर्डले बताएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले भनिन, ‘नेपाली कामदारले वैदेशिक रोजगारीका लागि जाँदा श्रम स्वीकृति लिएका छन्, करार अवधिमा उनीहरूको देहावसान भएको छ, उनीहरूलाई प्रवद्र्धन बोर्डले क्षतिपूर्तिस्वरूप जनही १ लाख ५० हजार दिएको छ ।’ यसका लागि मृत्यु हुनेहरूको हकवाला व्यक्ति आउनुपर्ने कानुनी व्यवस्था छ ।
टाढा–टाढाबाट आउनेका लागि र सूचना तथा समय थाहा नपाएर आउन नसक्नेहरूका लागि तोकेको समय अर्थात् एक वर्ष नाघिसकेको खण्डमा निवेदन दिन लगाएर रकम उपलब्ध गराउने गरेको उनले बताइन् । उनले भनिन्, ‘आजसम्म धेरैजसो पीडित समयमै आइपुग्नुभएको छ ।’ नेपालबाट दैनिक वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढेसँगै कामदारको शव नेपालमा आउने क्रम भने रोकिएको छैन ।
१ वैशाख ०७० देखि २० जेठसम्म ७७ जना नेपाली कामदारको रोजगारी सिलसिलामा विभिन्न देशमा निधन भएको छ । ७० जेठमा मात्र ३९ नेपाली कामदारको विदेशमा निधन भएको छ । जसमा सबैभन्दा बढी मलेसियामा १५,साउदी अरबमा १०, कतारमा ८, कुबेतमा ३, युएईमा २, इजरायलमा १ जनाको मृत्यु भएको छ । जसमा ३७ जना पुरुष र २ जना महिला छन् ।
निधन हुनेमा इजरायलमा एक महिलाले आत्महत्या, कुबेतमा हृदयाघातका कारण एक महिला र एक पुरुष, सडक दुर्घटनामा एक पुरुष छन् । त्यस्तै, मलेसियामा मुटुरोगका कारण एक, अन्य कारणले बाह्र जना र आत्महत्या गरेर दुई पुरुषको निधन भएको छ । उता, कतारमा मुटुरोगका कारण तीन, अन्य कारण चार जना र सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । साउदी अरबमा मुटुरोगका कारण एक, प्राकृतिकका कारण चार, अन्य कारण एक, आत्महत्या एक र सडक दुर्घटनामा तीन पुरुषको मृत्यु भएको छ । त्यस्तै, युएईमा प्राकृतिक कारण एक र काम गरिरहेको अवस्थामा एक जना पुरुषको निधन भएको छ ।
छाती रोग विशेषज्ञ डा. केदारनरसिंह केसी भने वैदेशिक रोजगारका लागि बिदेसिने नेपाली कामदार आºनै कमजोरी र जनचेतनाका कारण मुटुरोगीको निधन हुने क्रम बढेको बताउँछन् । उनले भने, ‘गल्फलगायत देशमा अल्ट्रासाउन्ड इसिजी केही पनि नगरी केवल साधारण चेकजाँच गरेर मात्र नेपाली कामदार पठाउने गरेका कारण मुटुरोगजस्तो प्राणघातक रोग लाग्ने क्रम बढेको हो ।’ ज्यादै महत्त्वपूर्ण अंग मुटुको पनि राम्रोसँग चेकजाँच गर्ने प्रचलन नेपालमा कमी छ । मेडिकल गर्ने मेडिकल कस्ता छन् भन्ने कुराको सरकारले पनि राम्रोसँग जानकारी नै नराखी स्वास्थ्य संस्थालाई सम्बन्धन दिनु गलत भएको उनको भनाइ छ ।
डा. केसीले सबै चेकअप गरेर मात्र विदेशमा जानुपर्छ भन्दा पनि नेपाली कामदार नै नमान्ने गरेको उदाहरण दिँदै भने, ‘लाखौँ खर्चेकाले जसरी पनि विदेश जानै पर्ने मनसाय राख्छन्, त्यसैको परिणाम अप्रिय घटना हुने गरेको हो ।’ नेपालमा ३० देखि ५३ डिग्रीसम्ममा बसेका नेपाली विदेशमा गएर ४५ डिग्रीमा काम गर्नुपर्ने हुन्छ, मौसम परिवर्तन भएका कारण खानाको सन्तुलन पनि प्रमुख कारण भएको उनको बुझाइ छ ।

प्रतिक्रिया