जिल्ला अस्पतालमा स्थानीयद्धारा तालाबन्दी

1जाजरकोट, २३ जेठ । १५ शैय्याको जिल्ला अस्पताल जाजरकोट डाक्टरविहीन भएपछि स्थानीय नागरिक अगुवाहरुले आजदेखि अस्पतालमा अनिश्चितकालीन तालावन्दी गरेका छन् ।
एक जना जनस्वास्थ्य अधिकृत सहित पा“च जना डाक्टरको दरबन्दी भएको जाजरकोट अस्पताल अहिले डाक्टरबिहीन हु“दापनि सरकारले बेवास्ता गरेको भन्दै तालाबन्दी गर्नुपरेको नागरिक सरोकार समितिका सदस्य छवि पन्तले बताए । अस्पतालको प्रशासनिक गेट, कार्यालय प्रमुखको कार्यकक्ष र लेखा फा“टमा ताला लगाईएको छ । आफ्ना मागहरु पूरा नहुञ्जेल ताला नखोलिने सरोकार समितिले जनाएको छ । समितिले विहिवार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमार्फत ५ बुदे मागसहितको ज्ञापनपत्र पठाएको छ ।

ज्ञापनपत्रमा मेडिकल सुपरिटेन्डेन्टसहित पा“चै डाक्टरको तत्काल पदपूर्ति हुुनुपर्ने, जिल्ला अस्पतालमा अप्रेशन थियटरको व्यवस्था हुनुपर्ने, टेलिमेडिसिन, भिडियो एक्सरे, एक्सरे, इसिजी लगाएतका सेवाहरु तत्काल सुचारु हुनुपर्ने, जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा खाली रहेको दरबन्दी तत्काल पदपूर्ति गरिनुपर्ने र जिल्ला बाहिर काजमा रहेका स्वास्थ्यकर्मीहरुको तत्काल काज फिर्ता गर्नुेपर्ने माग रहेको छ ।

प्रतिक्रिया