माओवादी मजदुरद्धारा देशभर उद्योग बन्द

mohan baidhya ji 1काठमाडौं, २३ जेठ । बैद्य नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले आज र भोली देशभरका सम्पूर्ण उद्योग–कलकारखाना र व्यवसाय बन्द गराएको छ ।

मजदुरलाई न्युनतम १५ हजार तलव र दैनिक ज्यालादारीमा काम गर्नेलाई ७ सय भत्ता हुनुपर्ने माग गर्दै माओवादी निकट मजदुरहरुले उद्योग बन्द गराएका हुन् । यसअसघि सरकार र विभिन्न मजदुर ट्रेड यूनियनहरुबीच मासिक ८ हजार न्युनतम पारिश्रमिक दिनेमा सहमति भएको थियो ।

महासंघका केन्द्रीय संयोजक रामदिप आचार्यले केही ट्रेड यूनियन र सरकारबीच भएको सहमतिप्रति आफ्नो समर्थन नरहेको बताए । उनले आफ्ना मागप्रति सरकार र सम्बन्धित निकाय गम्भि नभए अनिश्चितकालीन उद्योग–कलकारखाना र व्यवसाय बन्दको कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिए ।

प्रतिक्रिया