रिस्की काममै फाइदा छ : टेकेन

Tekanकाठमाडौं : पछिल्लोसमय चलचित्रको व्यवसायमा शून्यता छाए पनि निर्माणमा भने निकै तीव्रता छाएको छ । निर्माणमा छाएको तीव्रतासँगै यसमा लगानी गर्ने नयाँ निर्माताहरू पनि थुप्रै देखिएका छन् । तिनमा ठूला घरानिया तथा व्यापारीसमेत रहेका छन् । जसका आगमनले ओरालो लाग्दै गरेको चलचित्र क्षेत्रमा केही आश जगाउने काम गरेको छ ।
यस्तैमा ओरालो लागेको यसक्षेत्रलाई केही सुधार्न टेवा पुर्‍याउने हेतुले प्रवेश गरेका निर्माता हुन् टेकेन थापा । टेकेन चलचित्र झोलेमार्फत निर्माताका रूपमा यस क्षेत्रमा पाइला बढाएका हुन् । चलचित्र सम्पूर्ण प्राविधिक कार्य सकाएर प्रदर्शन तयारीमा छ ।
सानैदेखि चलचित्र क्षेत्रप्रति म आकर्षित थिएँ । थापाले भने, ‘सोख पूरा गर्नुका साथै व्यवसाय गर्न चलचित्र निर्माण गरेको हुँ ।’ फरकफरक व्यवसायमा कामगर्न रुचाउने आफ्नो बच्चैदेखीको बानीले चलचित्रमा लगानी गर्ने आइपुगेको उनले खुलाए ।
थापाको चलचित्र दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । फरक र बेग्लै प्रकारको चलचित्र निर्माणमा माहिर मानिएका खनाल चलचित्रमा प्रविधी होस् या अन्य भिन्न प्रयोग गर्नसमेत रुचाउँछन् । उनका प्रयोगले लगानीमा रिक्स पनि त्यतिकै छ । दीपेन्द्रको प्रतिभालाई भित्रैदेखि चिनेरै निर्देशक लिएको थापाले बताए । ‘जुन काममा रिक्स हुन्छ त्यो काम गर्न मलाई मजा लाग्छ’, उनले भने । निर्देशक खनालसँग चलचित्रमा काम गर्नुभन्दा धेरै अगाडि देखिको संगत हो । रिक्स भएका काममै प्रोफिट बढीहुने उनले धारणा राखे ।
अहिलेको समयमा चलचित्र बनाउनु भनेको फलामको चिउरा चपाउनु हो । तर, चलचित्र निर्माण गर्दा आफूलाई सो अनुभूति नभएको थापाले बताए । उनले भने अनुभवि निर्देशक, राम्रो लेखन र व्यावसायिक कलाकारसँग काम गर्न पाएकोले होला मलाई निर्माणका समयमा दु:खको अनुभूति भएन । चलचित्र तयार गर्दा दु:ख महशुस नभए पनि प्रदर्शनका लागि ठूलो एक्सरसाइज गर्नुपर्ने उनले अनुभव लिएका छन् । प्रदर्शनमा एक्सरसाइज गर्नु परेर पनि चलचित्रले राम्रो व्यवसाय गर्नेमा उनी ढुक्क छन् । यसप्रति उनी ढुक्क हुनुको कारण चलचित्रको फस्टलुक सार्वजनिक पनि हो । कार्यक्रममा एक गीतसमेत सार्वजनिक गरिएको थियो । सो गीतले अहिले दिन प्रतिदिन चलचित्रको चर्चा चुलाउने काम गरेको छ ।
एक दशकभन्दा लामो समयदेखि रेडिमेट कपडा व्यवसायमा संलग्न रहँदै आएका थापा व्यवसायमा अहिलेसम्म घाटा खानु नपरेकोले चलचत्रबाट पनि घाटा नहुने तर्क अगाडि सार्दछन् । भन्छन्, ‘कहीँ कतैबाट ब्याजमा लिएको पैसाले भन्दा पनि आफ्नै पैसाले चलचित्र बनाएको हुँ, केही हप्ता चल्यो भने लगानी सुरक्षित हुन्छ । चलचित्र ‘झोले’ले व्यवसाय गरे पनि नगरे पनि निरन्तर चलचित्र निर्माण गर्ने सोचमा भने थापा रहेका छन् । (सौस)

प्रतिक्रिया