अन्नपूर्ण मैत्री बुद्धिचाल सुरु

Annapurna-ches-Sourya-Dailyकाठमाडौं, २३ जेठ । अन्नपूर्ण उमावि ज्याठाको आयोजनामा नवौँ अन्नपूर्ण मैत्री अन्तरस्कुल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु भयो । आठ प्रतिस्पर्धा समावेश प्रतियोगिताको बुधबार ओलम्पियन दीपक विस्टले उद्घाटन गरे । तीन दिने प्रतियोगितामा ३५ विद्यालयका दुई सय २६ जना खेलाडीको सहभागिता रहेको छ । पहिलो दिन सम्पन्न दुई चरणको खेलमा आयोजक अन्नपूर्ण उच्चमावी नै प्रभावकारी देखिएको छ । छात्र यु­–१६ मा आयोजकका विकेस जयसवाल र यु­–१५ राष्ट्रिय च्याम्पियन ख्वप्रिगका राज प्रजापतीले दुवै जित हात पारे । यु­–१४ पनि शीर्ष वरीयताका ल्याब स्कुलका विवेक श्रेष्ठको साथमा अन्नपूर्णका जेनिस थापा र रिजेस भण्डारीेले दुवै खेलमा जित हात पारे । यु­–१२ मा शीर्ष वरीयताका आयोजकका मिलन लामाले सुरुवाती दुवै खेलमा जित हात पारे । छात्रातर्फ यु­–१६ मा आयोजककी आकृती पाण्डेसहित अनुष्का कार्की र कुदुम्बिनिई पन्तको पनि दुई अंक छ ।

प्रतिक्रिया