जातीय मुक्तिविना क्रान्ति पूरा हुँदैन : किराती

झापा २३ जेठ । एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य गोपाल किरातीले जातीय मुक्तिविना नेपाली क्रान्ति पूरा नहुने बताएका छन् ।

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो झापा जिल्ला सम्मेलनको बुधबार बिर्तामोडमा उद्घाटन गर्दै किरातीले यस्तो बताएका हुन् । किरातीले जातीय मुक्तिको कार्यदिशा एमाओवादीले मात्र लिएको दाबी गरे । उनले गणतन्त्रको रक्षा र विकास कांग्रेस र एमालेले गर्न नसक्ने जिकिर गर्दै गणतन्त्रमा मात्र उत्पीडित जातीको मुक्ति सम्भव हुने उल्लेख गरे । ‘कांग्रेस एमाले उत्पीडितको पक्षमा लाग्न सक्दैनन्,’ उनले भने । उत्पीडित जातीको सत्ता स्थापना संविधानसभा चुनावबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।

प्रतिक्रिया