खोजखबर

पत्नीले भाला हान्दा पति घाइते

सौर्य अनलाइन २०७० जेठ २२ गते २३:४५ मा प्रकाशित

उदयपुर : पत्नीले भाला प्रहार गर्दा बुधबार उदयपुरमा एक युवक गम्भीर घाइते भएका छन् । त्रियुगा नगरपालिका–१ बोक्सेका २० वर्षीय खिलराज राई पत्नी १८ वर्षीया मीना विकको भाला प्रहारबाट गम्भीर घाइते भएका हुन् ।
घरायसी विवादका कारण विकले पतीलाई टायर कोतार्ने भाला प्रहार गरी गम्भीर घाइते बनाएकी हुन् । घाइते राईको ढाडमा अड्किएको भाला जिल्ला अस्पतालले निकाल्न नसकेपछि थपउपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेको उदयपुर जिल्ला प्रहरीका इस्पेक्टर बाबुराम पोखरेलले जनकारी दिए ।
प्रहरीले विकलाई नियन्त्रणमा लिएको छ । केही वर्षअघि अन्तरजातीय विवाह गरेका उनीहरू परिवारले नस्वीकारेका कारणबाहिरै बस्दै आएका थिए । राई सदरमुकाम गाईघाटस्थित टायर ग्यारेजमा मजदुरी गर्छन् । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय