वातावरणसँगै आफ्नो पनि विनास हुन्छ: रेग्मी

Khilraj-Regmi's
काठमाडौं, २२ जेठ । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वातावरण संरक्षणप्रतिको चिन्ता र चासो विकसित देशहरुले धेरै पहिलेदेखि नै व्यक्त गर्दै आएको बताएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रममा रेग्मीले सरकार वातावरण संरक्षणमा विशेष जोड दिँदै आएको बताए । ‘वातावरण सबैको साझा हितको विषय भएकाले यस कार्यमा सरकारलाई सहयोग गर्दै आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग आवश्यक छ ।’
उनले वातावरणको विनाश गर्ने देशले वातावरणसँगै आफ्नो पनि विनाश गर्ने बताए । ‘मानिस प्राकृतिक विशेषतामा निर्भर रहने भएकाले प्रकृतिसँग अत्यन्त निकट संसर्ग र सम्बन्ध रहेको छ,’ रेग्मीले भने ।
उनले आधुनिक समयमा प्रविधि, विकास, निर्माण जस्ता भौतिक समृद्धिलाई प्रबद्र्धन गर्ने विषय धेरैको चाहना र उद्देश्य बन्न पुगेको बताए । सँगसँगै विकासले उत्पन्न गरेका वातावरणीय चुनौतीहरु विश्वभरी प्रमुख समस्याका रुपमा रहेको अध्यक्ष रेग्मीको भनाई छ ।

प्रतिक्रिया