लगातारको बर्षातका कारण राजमार्ग अवरुद्ध

उदयपुर,२२ जेठ । मंगलबारदेखि लगातार परेको भारी बर्षात्का कारण पूर्वपश्चिम बैकल्पिक राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गमा पर्ने दुईदर्जन बढि खोलाहरुमा बाढी आएका कारण मंगलबार साँझ देखि यातायात सञ्चालन हुन सकेको छैन । राजमार्गका विभिन्न ठाँउमा पहिरो गएको छ ।

सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी भेगमा यातायात सञ्चालनमा आउन सकेको छैन । लगातारको बर्षाले कच्चीसडकमा पहिरो जान थालेपछि यातायात अवरुद्ध भएको हिमाली यातायात व्यवसायी संघका अध्यक्ष प्रेमकुमार राईले बताए ।

सदरमुकाम गाईघाटदेखि रौता, सल्लेसम्म सञ्चालन हुने यातायात बन्द भएको छ भने गाईघाट हँुदै फोक्सिन्टारसम्मको यातायात सञ्चालनसमेत बन्द भएको राईले बताए । राजमार्ग अवरुद्ध हुँदा उदयपुरको सदरमुकाम हुँदै छिमेकी जिल्ला खोटाङ, ओखलढुङगा, सोलुखुम्बु हिडेका यात्रुसमेत बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया