एन्फा र कोकाकोलाबीच सम्झौता

Cocacola-cupकाठमाडौं : कोकाकोला नेपाल र अखिल नेपाल फुटबल संघबीच कोकाकोला कप २०१३ का लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालको बृहत् प्रतियोगिता कोकाकोला अन्तर विद्यालय राष्ट्रिय छात्र तथा छात्रा फुटबल प्रतियोगितामा नेपालका १० हजार बाल खेलाडीको सहभागिता रहनेछ । कोकाकोला र एन्फाबीचको सहकार्य आगामी पाँच वर्षका लागि हुनेछ । सम्झौताअनुसार यी दुई बीचको सहकार्य ०१७ सम्मका लागि हुनेछ ।
कार्यक्रममा कोकाकोलाको लागि नेपाल र भुटानका कन्ट्री मेनेजर चसदाब खानले फुटबल खेलको बारेमा बोल्दै एन्फासँग सहकार्य कम्पनीका लागि पनि उपयुक्त हुने बताए । प्रतियोगिताको सुरुआत सन् २००६ देखि सुरु भएको हो । कार्यक्रमअन्तर्गत एन्फाका प्रशिक्षकले प्रत्येक खेलहरू हेरेर उत्कृष्ट खेलाडीहरू छान्ने छन् र एन्फा फुटबल ऐकेडेमीमा रहेर प्रशिक्षण प्राप्त गर्ने अवसरसमेत प्राप्त गर्नेछन् । कार्यक्रममा बोल्दै नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले फुटबल खेल प्रतियोगिताले देशभरी रहेका नयाँ प्रतिभालाई अगाडि बढ्न मद्दत गर्ने आशा लिएको बताए । प्रतियोगिता ४५ जिल्लामा सञ्चालन हुनेछ । (सौस)

प्रतिक्रिया