आर्मी समूहमा पहिलो

काठमाडौं : नेपाल आर्मी क्लब समूहमा शीर्ष स्थान पाउँदै गोर्खा कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा आर्मी क्लबले मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्‍यो । आर्मीलाई जित दिलाउने क्रममा टंक बस्नेतले ६०औँ मिनेटमा गोल गरे । उनले राजु तामाङको पासलाई उपयोग गर्दै गोल गरे । खेलको सुरुआतदेखि प्रभाव जमाएको आर्मी क्लबले आएका थुप्रै मौका गुमाएको थियो । २०औँ मिनेटमा आर्मी क्लब पहिलोपटक गोलको नजिक पुगे पनि उनीहरूको प्रयास सफल हुन सकेन । प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गरिरहेका विंगर टेकबहादुर बुथाढोकीले २४आँै मिनेटमा अर्को एउटा अवसर गुमाए ।
आर्मीले त्यसपछि पहिलो हाफ नसकिँदै अर्को पाँच राम्रो अवसर गुमाएको थियो । अन्तिम २५ मिनेट भने मनाङ–मस्र्याङ्दी क्लब केही प्रभावकारी देखिएको थियो । इन्जुरी समयमा मनाङ–मस्र्याङ्दी क्लबले एउटा राम्रो अवसर पाए पनि दीपक राईको प्रहार आर्मीका गोलरक्षक गंगाराम देउजाले बचाए । समूहमा यसअघि भएको संकटा क्लब र टुसाल बीचको खेलमा गोलरहित बराबरी भयो । (सौस)

प्रतिक्रिया