लिम्बुभाषा कक्षा ११ र १२ को परीक्षाफल प्रकाशित

Panchathar Districtपाँचथर, २१ जेठ । यस बर्षको लिम्बु भाषाको कक्षा ११ र १२ को परीक्षाफल प्रकाशित भएको छ ।
लिम्बुभाषा उच्च माध्यमिक शिक्षा परिषद्ले सत्यहाङमा उच्च मावि र धरानको पब्लिक उच्च माविमा गत असोज–२९ गते लिएको परीक्षाको नतिजा आज (मंगलबार) पाँचथरको फिदिममा पत्रकार सम्मेलन गरी प्रकाशित गरेको हो ।
पाँचथरको इम्बुङस्थित सत्यहाङ र धरानको पब्लिक उच्च माविमा परीक्षा केन्द्रमा लिम्बु भाषाको परीक्षा लिईएको थियो ।
परीक्षा नियन्त्रक पृथीप्रसाद नेम्बाङका अनुसार कक्षा ११ मा ५९ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् । ५ जना बोर्ड टपसहित विशिष्टमा १८, प्रथममा १५, दोस्रोमा १७ र तेस्रोमा ९ जना उर्तीण भएका छन् । परीक्षामा ८२ जना सहभागी थिए ।
परीक्षा उप–नियन्त्रक प्रकाश बाँस्कोटाले गत बर्षहरुको तुलनामा परीक्षाको नतिजामा धेरै सुधार आएको बताए ।

प्रतिक्रिया