रेडपान्डाको छालासहित दुई पक्राउ

काठमाडौं, २१ जेठ । दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को छाला कारोबारमा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने रसुवा यार्सा–९ का २६ वर्षीय मानबहादर तामाङ र नुवाकोट उर्लेनी–५ का २५ वर्षीय विजय लामा तामाङ हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइवी)बाट खटिएको प्रहरी टोलीले दुई थान रेडपान्डाको छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हाब्रे
(रेडपान्डा)को छाला बिक्रीवितरण गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउका क्रममा उनीहरूले प्रहरीमाथि नै आक्रमण गरेका थिए । आक्रमणका क्रममा प्रहरीसमेत घाइते भएको प्रहरीको भनाइ छ ।
उनीहरूलाई थपअनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा पठाइएको छ । दुवैमाथि वन्यजन्तुको आखेटोपहार (छाला) ओसारपसार एवं बिक्रीवितरण गरेको अभियोगमा कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौंमा पठाइनेछ ।

प्रतिक्रिया