मैत्री फुटबल : अमेरिकासँग जर्मनी निराश

न्Futbl-----USA-vs-Germnyयुयोर्क : मैत्रिपूर्ण फुटबल म्याचमा आइतबार राति अमेरिकाले जर्मनीलाई ४–३ ले हराएको छ । सोही दिन भएका अन्य मैत्रिपूर्ण खेलमा ब्राजिल र इंग्ल्यान्डले २–२ को बराबरी खेले भने पेरु, आयरल्यान्ड र इजरायल विजयी भए । अमेरिकाको जितमा क्लिन्ट डेम्पसेले दुई तथा जोजी अल्तिदोरले एक गोल गरे । थप गोल भने अमेरिकाले गोलकिपर मार्क–आन्द्रे टेग स्टिभनबाट आत्मघाती पायो ।  अल्तिदोर र स्टिभनको गोलमा पहिलो हाफ २–० ले अगाडि रहेको अमेरिकाविरुद्ध जर्मनीले दोस्रो हाफमा तीन गोल गरे पनि घरेलु टोलीले पनि दुई गोल थपेको थियो । सन् १९९९ को कन्फेडेरेसन कपयता जर्मनीले अमेरिकाविरुद्ध हार व्यहोरेको थिएन ।
पहिलो हाफ गोलरहित सकिएको इंग्ल्यान्ड–ब्राजिल भिडन्तमा पहिलो अग्रता ब्राजिलले ५७औँ मिनेटमा प्रेmडमार्फत लिएको थियो । तर, दुई गोल गर्दै इंग्ल्यान्डले ७९औँ मिनेटमा खेल २–१ को स्थितिमा पुर्‍याए पनि ब्राजिलका लागि पाउलिन्होले ८२औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । आयरल्यान्डले जर्जियालाई ४–०, पेरुले पनामालाई २–१ ले र इजरायलले होन्डुरासलाई २–० ले पराजित गरे भने युक्रेन र क्यामरुनबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । (एजेन्सी)

प्रतिक्रिया