दाङमा पनि मुक्त कमलरी माथी प्रहरीको ज्यादती

1देउखुरी २० जेठ । राजधानीमा कमलरीहरुको प्रदर्शनमा प्रहरीले दमन गरेको घटना सेलाउन नपाउदै दाङमा पनि मुक्त कमलरीहरुको शान्तिपूर्ण धर्नामा प्रहरीले सोमवार हस्तक्षेप गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दाङको मुल गेट बन्द गरेर धर्ना तथा नारा जुलुस गरिरहेका मुक्त कमलरीमाथि प्रहरीले हस्तक्षेप गरेपछि भएको धरपकडमा ४ जना मुक्त कमलरीहरु गम्भिर घाईते भएका छन् । मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष मञ्जीता चौधरी, सिता चौधरी, ज्ञानु थापा र अनिता चौधरी गम्भीर घाईते भएका हुन् । घाईते मध्ये मन्जिता र सिता बेहोस रहनुभएको एफ एन सीका सहायक परियोजना प्रबन्धक पूर्ण प्रसाद चौधरीले जानकारी दिए । घाईतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भैरहेको छ ।
धर्नामा बसेका ५० भन्दा बढी मुक्त कमलरीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भने उनीहरु कुटपिटबाट नभई कराउँदा कराउँदै बेहोस भएको बताएको छ । ललितपुरको एक घरमा काम गर्दै आएकी कमलरी सृजना चौधरीको रहस्यमय मृत्यु भएको घटनाको विरोधमा उनीहरु एक साता देखि आन्दोलनमा छन् ।

प्रतिक्रिया