मनोज र नरेन्द्रलाई युथ बक्सिङ स्वर्ण

काठमाडौं : मकवानपुरका मनोज गौतम र रोल्पाका नरेन्द्र गुरुङले राष्ट्रिय युथ बक्सिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । दाङको तुलसीपुरमा भइरहेको प्रतियोगिताको १८ वर्षमुनि पुरुष ४६ केजीमा मनोजले दाङका जनक चौधरी तथा ४८ केजीमा नरेन्द्रले दाङकै बुद्धिराज खड्कालाई पराजित गरे ।
सोही उमेरसमूहको पुरुष ५१ केजीमा मकवानपुरका सुसन मानन्धरले मेघदूत क्लबका राजकुमार लामा, ५४ केजीमा दाङ ‘ए’ का सन्दिप परियारले दाङ ‘बी’ का प्रेम चौधरी, ५७ केजीमा नक्सालका सुदीप लामाले दाङका सदब सिद्धिकी, ६० केजीमा हलचोकका सन्तोष आलेमगरले बोसीगाउ“का विधान श्रेष्ठ तथा थानकोटका विश्वराज महर्जनले सल्यानका रमेशकुमार बिकलाई पाखा लगाउ“दै स्वर्ण चुमे ।
नेपाल बक्सिङ संघको तत्वावधानमा दाङ जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४८ केजीमा रोल्पाकी नाङजा बुढामगरले काठमाडौंकी मीना घले, ५४ केजीमा मेघदूतकी सिर्जना लामाले दाङकी एलिसा सेन्चुरी, ५७ केजीमा टीकाथलीकी मुना बम्जनले कास्कीकी सिसम थापामगर तथा ६० केजीमा रोल्पाकी सुशील्या पुनमगरले मेघदूतकी दिव्या बज्राचार्यलाई पन्छ्याउ“दै शीर्ष स्थानमाथि कब्जा जमाए । (सौस)

प्रतिक्रिया