वाईसिएलको आक्रमणले चरिकोटमा तनाव

yclचरिकोट, १९ जेठ । एनेकपा माओवादीका कार्यकर्ताले नेपाली कांग्रेस निकट सानु शेर्पालाई कुटपीट गरेपछि आज बिहानै देखि चरिकोट तनावग्रस्त बनेको छ । तरुण दलका नेता शेर्पालाई वाईसिएल कार्यकर्ताले रड प्रहार गरि घाईते बनाएपछि स्थानीय बासिन्दासहित कांग्रेस कार्यकर्ताहरु माओवादी पार्टी तोडफोड गर्न गएका थिए । त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । झडपका कारण अहिले बजार र यातायात बन्द छ भने आक्रोशित स्थानीयहरुले माओवादीविरुद्ध नाराबाजी गरिरहेका छन् । आक्रमण गर्ने माओवादी कार्यकर्तालाई कारवाही नगरेसम्म आन्दोनल जारी राख्ने दोलखा नेपाली कांग्रेसले बताएको छ ।

प्रतिक्रिया