ललितपुर शाखाद्वारा छानविन समिति गठन

Patrakar Maha Shanghललितपुर, १८ जेठ । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा सदस्यताका लागि अत्याधिक आवेदन परे पछि नेतृत्वले छानविन समिति गठन गरेको छ ।
शाखाको आज (शनिबार) राजधानीमा बसेको बैठकले छानविन तथा अध्ययन गर्न उपाध्यक्ष लेखनाथ न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समिति सदस्यमा सचिव अमृतनाथ तिमल्सिना र कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ रहेका छन् ।
समितिले संकलित आवेदनहरुको अध्ययन तथा केन्द्रीय पदाधिकारीसँग छलफल गरी १५ दिन भित्र सिफारीस गर्ने निर्णय भएको अध्यक्ष पूर्णसिंह बराईलीले जानकारी दिए ।

प्रतिक्रिया