लन्डनमा वाङ्मयको अन्तरक्रिया

Londonकाठमाडौं : अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले साहित्यकार गोपी सापकोटाको भर्खरै प्रकाशित कृति प्रेम कतिपयमाथि छलफल र अन्तरक्रिया गर्‍यो । २६ मे ०१३ का दिन आयोजित उक्त कार्यक्रममा कृतिमाथि प्रतिष्ठानका उपाध्यक्ष गोपीकृष्ण प्रसाईंले आºनो समीक्षात्मक मन्तव्य र विश्लेषण प्रस्तुत गरे ।
त्यसैगरी, बोर्ड अफ ट्रस्ट्रीका अध्यक्ष खगेन्द्र पाठकले भने, ‘डायस्पोरामा बसेर यति सुन्दर कृति लेख्ने लेखकलाई हृदयदेखि नै धन्यवाद छ ।’ साहित्यकार किरण टी लिम्बूले पनि राष्ट्रियस्तरमै चर्चित सापकोटाका कृति प्रेम कतिपयले आफूलाई छोएको भनी यस कृतिको पूर्ण सफलताको कामना गरे । अनेवाका अध्यक्ष विकलचन्द्र आचार्यले प्रतिष्ठानले आगामी दिनमा गर्ने कार्यक्रम विवरण प्रस्तुत गरे भने विज्ञान प्रसाईं, शान्ता संग्रौला, कुस बस्नेतलगायतले कृतिमाथि प्रकाश पारेका थिए । (सौस)

प्रतिक्रिया