सेब र दीपज्योति सेमिफाइनलमा

seb-volley-ballकाठमाडौ : सामाखुशी इंलिस बोर्डिङ (सेब) स्कुल र दीपज्योति प्रथम लालीगँुरास अन्तर विद्यालय भलिबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेबले आयोजक लालीगुँरास नेसनल एकेडेमी ‘ए’लाई २५–१९ र २५–२३ तथा दीपज्योतिले एपोलोलाई २५–१९ र २५–१३ को सोझो सेटमा हराए । ब्वाइजमै श्रीकामनाले लालीगुँरास ‘ए’लाई २५–१३, २२–२५ र २५–१० को सेटमा पाखा लगाउँदै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा सेबले दीपज्योति तथा श्रीकामनाले प्याराडाइमसँग खेल्नेछन् ।
गल्र्समा लालीगुँरास
‘ए’, कुलेश्वर र एन्जल्स हार्ट सेमिफाइनलमा पुगे ।
लालीगँुरास ‘ए’ ले प्याराडाइमलाई २५–१३ र २५–२३ तथा कुलेश्वरले हिमरश्मीलाई २५–२० र २५–२२ को सिधा सेटमा पाखा लगाए । एन्जल्स हार्टले दीपज्योतिबाट वाकओभर पायो ।
सेमिफाइनल लालीगुँरास ‘ए’ र अनलज्योति तथा एन्जल्स हार्ट र कुलेश्वरबीच हुनेछ । सेमिफाइनल र फाइनल शनिबार हुने आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया