पहिरोले घर भत्कँदा एकजनाको मृत्यू

Maharajganja-souryadaily

काठमाडौं, १७ जेठ । काठमाडौंको महाराजगञ्जस्थित खाँडीपाखामा रहेको सुकुम्वासी वस्तीमा पहिरोले घर भत्कँदा एकजनाको मृत्यू भएको छ ।
अवरिल बर्षाका कारण आज (शुक्रबार) विहान पहिरो आई घर भत्कँदा सप्तरी जिल्ला घर भएका १६ बर्षीय रामभगत रामको मृत्यू भएको महानगरीय प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मी र स्थानीयको सहायताले दुई जनाको सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएकामा सप्तरी जिल्ला मैनापोखरी–६ घर भएका २५ बर्षीय शिवानन्द राम, सप्तरी भंगाह–३ घर भएका ६० बर्षीय देवीलाल मण्डल रहेका छन् ।
सामान्य घाईते उनीहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो । गम्भीर घाईते रामभगतको उपचारका क्रममा मृत्यू भएको हो ।

प्रतिक्रिया