कमल थापालाई शंका

भैरहवा : राप्रपा नेपाल अध्यक्ष कमल थापाले आगामी मंसिरमा पनि चुनाव हुन नसक्ने बताएका छन् । ‘अहिलेसम्म निर्वाचनको मिति घोषणा नहुनु, ४ राजनीतिक दलको सिन्डिकेटले विभिन्न बहानामा चुनावलाई अवरोध गर्नु र सडक संघर्षमा रहेका केही राजनीतिक दललाई सहमतिमा ल्याउन नसक्नु, निर्वाचनसम्बन्धी कानुन नबन्नुका कारणले गर्दा आगामी मंसिरभित्र चुनाव हुनेमा गम्भीर आशंका छ,’ अध्यक्ष थापाले भने । (सौस)

प्रतिक्रिया