एक जाति एक प्रतिनिधि चाहियो : जनजाति महासंघ

Janajati-Mahashangh-Flag-soकाठमाडौं, १५ जेठ । नेपाल आदिवासी जनजाति महासंघले आगामी संविधानसभामा एक जाति एक प्रतिनिधित्वको माग गरेको छ ।
महासंघले मंगलबार विज्ञप्ति जारी गरेर विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनका लागि एक जाति एक प्रतिनिधित्वको माग गरेको हो । ‘महासंघ र सरकारबीच भएको २० बुँदे सम्झौताअनुसार एक जाति एक प्रतिनिधि सुनिश्चित हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले संविधानसभामा समानुपातिक सिट कटौती गर्ने प्रमुख दलहरूको निर्णयप्रति पनि आपत्ति जनाएको छ । संविधानसभा चुनावको प्रक्रियामा अगाडि बढिरहेको अवस्थामा चार राजनीतिक शक्तिको निर्णयबाट संविधानसभा सदस्य सिटसंख्या घटाउने कार्य जनजातिविरुद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । ‘संविधानसभाको आकार ६ सय १ बाट घटाई ४ सय ९१ कायम गर्ने सहमति र निर्वाचन आयोगको ‘थ्रेसहोल्ड’ प्रस्ताव महासंघलाई स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया