बौद्धमार्गीद्धारा अनिश्चिकालिन सुर्खेत बन्द

विरेन्द्रनगर, १३ जेठ । सुर्खेतको धार्मिक तथा पुरातात्विक महत्वको स्थल का“क्रेविहारमा बुद्धको मूर्ती राख्न नदिएको विरोधमा आदिवासी जनजाती महासंघले अनिश्चितकालिन बन्दको आव्हान गरेको छ ।
गएको शनिबार स्थानीय बौद्ध धर्माबलम्बीहरुले काँक्रेविहारमा बुद्ध मूर्ती राख्दा प्रशासनले हस्तक्षेप गरेको थियो । घटनाको विरोधमा महासंले आईतवार एकदिनको लागि सुर्खेत बन्दको घोषणा गरेको भएपनि प्रशासनले वार्तामा नबोलाएको भन्दै आज देखि अनिश्चितकालिन सुर्खेत बन्दको आव्हान गरेको हो ।

संरक्षित बनलाई कुनै एक धर्मको मात्रै स्थल बनाउन नहुने भन्दै स्थानीय प्रशासनले मूर्ति राख्न नदिएको हो । बन्दको कारण सुर्खेतमा यातायातका साधन चलेका छैन भने शैक्षिक संस्था र बजार ठप्प छ ।

प्रतिक्रिया