गोमा एयरको विमान दुर्घटना

goma-airकाठमाडौं, १३ जेठ । नेपाल बायू सेवा निगमको जहाज दुर्घटना भएको साता दिनमै अर्को बिमान दुर्घटना भएको छ । गोमा एयरको क्याराभान बिमान हुम्ला विमानस्थलमा अबतरण गर्ने क्रममा आज बिहान दुर्घटना भएको छ । बिमान अवतरणका क्रममा भित्तामा ठोकिएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । विमानमा सवार ९ यात्रु र २ चालक दलका सदस्य सकुसल रहेकाछन् ।
नेपालगंजबाट यात्रु र सामान लिएर उडेको ९एनएजेयू कल साइन भएको बिमान बिहान १० बजेर ३५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरणका क्रममा पछाडि दायाँ पट्टीको चक्का पड्किएकाले दुर्घट्ना भएको हो ।

प्रतिक्रिया